February 23, 2025, 8:26 am
» झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र » PM Oli to mark 74th birthday with football match viewing » रौतहटमा अबैध सालको काठ सहित २ जना पक्राउ

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने रास्वपाको औपचारिक निर्णय, विपक्षमा मतदान गर्न ह्वीप जारी

साउन ६, २०८१ मा प्रकाशित | ८००दर्शक तीव्रखबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने औपचारिक निर्णय गरेको छ । भर्खरै सकिएको रास्वपा संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री ओलीले अहिले केहीबेरमा प्रतिनिधिसभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न रास्वपाले आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले एक सूचना जारी गरी विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् । पछिल्लो समय माओवादी, एकीकृत समाजवादी र रास्वपा एउटै कित्तामा उभिँदै आएको छ ।

प्रतिक्रिया