February 24, 2025, 9:32 am
» पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी

भारतको तेलङ्गनामा प्रहरीसँग भिडन्त हुँदा मारिए सात माओवादी

मंसिर १६, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

नयाँदिल्ली- भारतको तेलङ्गना राज्यमा भएको भिडन्तमा सातजना माओवादी मारिएका छन् ।

तेलङ्गानाको मुलुगु जिल्लामा सुरक्षाबल र नक्सलबीच मुठभेड हुँदा सातजना माओवादी लडाकु मारिएका हुन् ।

यो मुठभेड माओवादीले जासुसी आरोपमा दुईजना आदिवासीहरूको हत्या गरेको एक सातापछि भएको हो ।

सुरक्षाबलहरूले ठूलो परिमाणमा हतियार बरामद गरेको जनाएका छन् । पुलिसले घटनास्थलबाट एक-४७ र इन्सास राइफल बरामद गरेको छ ।

पुलिसका अनुसार एतुरनगरमको वन क्षेत्रमा सर्च अप्रेशनका क्रममा तेलङ्गाना पुलिसको विशिष्ट नक्सल प्रतिरोधी बल ‘ग्रेहाउन्ड्स’ र माओवादीबीच भिडन्त भएको हो ।

पुलिसका एक वरिष्ठ अधिकारीका अनुसार मुठभेडस्थलबाट दुईवटा एके ४७ राइफल पनि बरामद भएका छन् ।

अधिकारीकाअनुसार मारिनेहरूमा प्रतिबन्धित भाकपा (माओवादी) को तेलङ्गाना राज्य समिति (येलन्डु नरसामपेट) का सचिव कुरसाम मङ्गू उर्फ ​​भद्रू पनि सामेल छन् ।

प्रतिक्रिया