February 24, 2025, 9:31 am
» पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी

सिरियाको दोस्रो ठुलो सहरमा विद्रोही सेनाको प्रभाव

मंसिर १५, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

सिरिया – सिरियाको विद्रोही सेनाले देशको ठुलो सहर एलेपो कब्जामा लिएको छ। बेलायतको निरीक्षण गर्ने निकाय सिरियन अब्जरभिटी फर ह्युमन राइट (एसओएचआर)ले देशको आधा भन्दा बढी क्षेत्र विद्रोहको कब्जामा गएको जनाइएको छ। विद्रोही सेनाको यो नै अहिलेसम्मको सबै भन्दा ठुलो सफलता भएको जनाइएको छ।

इस्लामिक सैन्य समूह हायात ताहिर अल सामले पोस्ट गरेको भिडियो अनुसार विद्रोही सेना गाडीमा प्रवेश गरेको भिडियो सार्वजनिक गरेको छ। सरकारले भने एलेपो र इदिबिबमा विद्रोही सेनाले कब्जामा लिएको स्थान फेरि फिर्ता लिइएको दाबी गरेको छ। सन् २०११ मा प्रजातन्त्रका लागि भएको आन्दोलन पश्चात् सुरु भएको गृहयुद्धमा पाँच लाख भन्दा बढीको ज्यान गइसकेको छ।

सरकार विरुद्धमा रहेको सेनाले सुरुवातमा थुप्रै स्थान कब्जामा लिएको थियो। विस्तारै रुसको समेत सहयोग प्राप्त सरकारी सेनाले आफ्ना धेरै स्थान फिर्ता गरेको हो। इदबिब पछिल्लो समय विद्रोही सेनाले सबैभन्दा धेरै कब्जामा लिएको स्थान हो। त्यहाँ टर्कीको विद्रोही सेना तथा टर्कीको समूहको पनि असर छ।

अहिले एलेपोका सम्पूर्ण विमान सेना बन्द गरिएका छन्। सञ्चार माध्यममा त्यहाँ विद्रोहीले कब्जा गरेको भिडियो पाउन थालेका छन्। विद्रोही सेनाले सहरका मुख्य स्थानमा कब्जा जमाइसकेको छ। यसका बाबजुद सरकारले निरन्तर आफूले धपाएको तथा धेरै स्थान फिर्ता लिइसकेको दाबी गरेको छ।

प्रतिक्रिया