February 24, 2025, 9:26 am
» पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी

इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते

मंसिर १४, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

गाजा,  : गाजा पट्टीको नुसिरात क्याम्पमा रहेको घरमा  भएको इजरायली हवाई आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै र अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।

लडाकु विमानहरूले माघाजी शिविरको उत्तरमा रहेको घरमा गोलाबारी गरेका र उक्त घटनामा कैयौँ घाइते भएका छन् भने देइर अल–बलाहको पश्चिममा आठ प्यालेस्टिनीहरू घाइते भएका छन् ।

गाजा सहर केन्द्रमा रहेको घरलाई लक्षित गरी भएको आक्रमणमा  एक प्यालेस्टिनी महिला, उनको छोरा र नातिको मृत्यु हुनुका साथै  अन्य धेरै घाइते भएको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा, इजरायली आक्रमणले गाजा पट्टीमा ४८ जनाको मृत्यु हुनुका साथै ५३ जना घाइते भएका छन् ।

प्रतिक्रिया