February 24, 2025, 9:05 am
» युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी » सालकको खपेटा सहित चार जना पक्राउ » नाजिर र वर्षा पति-पत्नीको भूमिकामा रहेको फिल्म‘कल्ली’ को छायांकन सुरु

कतारको मध्यस्थतामा रुस-युक्रेनले लैजाने भए आफ्ना बालबालिका

मंसिर १४, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

कतार– कतारको मध्यस्थतामा कीभ र मस्कोबीचको पछिल्लो मानवीय आदानप्रदान हुने भएको छ । यस हप्ता ९ रुसी र युक्रेनी बालबालिकालाई उनीहरूका देशमा परिवारका साथमा फर्काइने भएको छ।

बालबालिकाका लागि रुसी आयुक्त मारिया लभोभा बेलोभाले बिहीबार पत्रकारहरूलाई बताइन् कि ६ देखि १६ वर्षका सात बालबालिकालाई रूसबाट युक्रेनमा नजिकका आफन्तहरूसँग बस्न पठाइने  सहमति भएको छ। उनका अनुसार ती युक्रेनी बालबालिकाहरू रसियामा फरक परिस्थितिमा बस्दै आएको बताइन्।

उनका अनुसार ती युक्रेनी बालबालिका धेरैजसो हजुरबुबा हजुरआमासँग बस्दै आएका थिए । जसमध्ये यद्यपि एक १६ वर्षीय किशोर रूसी अनाथालयमा बसिरहेको थियो। उता ७ र ९ वर्षका दुई बालबालिका पनि युक्रेनमा धेरै वर्षसम्म अभिभावकसँग बसेपछि रसिया फर्किन लागेको बताइन्।

कतारले जारी गरेको एक विज्ञप्ति अनुसार बालबालिकाको फिर्तामा मध्यस्थकर्ताको रूपमा आफ्नो भूमिका अन्तर्राष्ट्रिय कानूनका सिद्धान्तहरू अनुसार शान्तिपूर्ण माध्यमबाट मध्यस्थता र द्वन्द्व समाधानको दृष्टिकोणको विस्तार हो।यस वर्षको सुरुमा कतारले युक्रेनमा रहेका २२ बालबालिकालाई उनीहरूको रूसमा रहेका परिवारमा फिर्ता गर्न वार्ता गर्न पनि मद्दत गरेको थियो।

प्रतिक्रिया