January 11, 2025, 1:50 am
» भीमदत्तका नगरप्रमुख र प्रशासकीय अधिकृतको भ्रष्टाचार मुद्दा सर्वोच्चमा » उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण : गर्नुपर्छ मन्त्री सिंह » रवि लामिछानेलाई धरौटीमा रिहा आदेश गर्ने न्यायाधीशविरुद्ध युवराज सफलको उजुरी » सरकारको यो गठबन्धन अब धेरै दिन चल्दैनः प्रचण्ड » प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती

मंसिर १४, २०८१ मा प्रकाशित | १२१०दर्शक तीव्रखबर

फुङ्लिङ (ताप्लेजुङ), : कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारी तुभान लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरको भ्रमण गर्ने विदेशी पर्यटक बढेका हुन् ।

चालु  आर्थिक वर्षको चार महिनामा एक हजार ८५ विदेशी पर्यटकले कञ्चनजङ्घा हिमाल अवलोकन गरेका छन्  ।

२०५७ साल यता यहाँ यति धेरै पर्यटक आएका थिएनन् । आव २०५६/५७ मा सात सय ९९, आव २०५७/५८ मा आठ सय ७३ जना विदेशी पर्यटक आएका थिए ।

विशेषगरी  फ्रान्स, अष्ट्रेलिया, जर्मनी र अमेरिकाबाट पर्यटक आउने गरेका छन् । चाडपर्वका बेला आन्तरिक पर्यटकले कञ्चनजङ्घा क्षेत्रका होटल र लज भरिएका  स्थानीय होटल व्यवसायीले बताएका छन् ।

यो वर्ष होटलका आम्दानीमा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको  होटल व्यवसायी फुपुछोहाङ शेर्पा बताउनुहुन्छ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले स्थानीय समुदाय र व्यवसायीसँग मिलेर पर्यटन प्रवर्द्धनमा काम गरिरहेको छ ।

स्थानीय व्यवसायी पनि पर्यटकीय पूर्वाधार सुधार गर्न सक्रिय रहेका उहाँ बताउनुहुन्छ । यो क्षेत्रको पर्यटनलाई दिगो बनाउने उद्देश्यका साथ काम जारी छ ।

प्रतिक्रिया