December 22, 2024, 7:37 pm
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

दक्षिण कोरियामा भारी हिमपातः १४० उडान रद्द, ४ जनाको मृत्यु

मंसिर १३, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

दक्षिण कोरिया, 

दक्षिण कोरियामा बिहीबार दोस्रो दिन भारी हिमपात भएको छ। जसकारण दर्जनौं उडान रद्द भएका छन्। चिसोका कारण कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ।राजधानी सियोलको केही भागमा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे ४० सेन्टिमिटर भन्दा बढी हिउँ जमिसकेको थियो। हिमपातका कारण १४० भन्दा बढी उडानहरू रद्द गरिए।

बुधबारको राति दुई जनाको मृत्यु भएको थियो। सियोलका पूर्वी राजमार्गमा ट्राफिक दुर्घटना हुँदा कारण थप दुई जनाको मृत्यु भएको हो।

ग्याङ्वोन प्रान्तको वोन्जुमा ५३ सवारी साधन एक आपासमा ठक्कर खाँदा ११ जना घाइते भए। हिमपातबाट सियोलको इन्चेन विमानस्थल सबैभन्दा बढी प्रभावित भएको छ। सियोल र आसपासका विद्यालयलाई बिहीबार विद्यालय बन्द गरिएको छ।

प्रतिक्रिया