February 24, 2025, 9:25 am
» पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी

मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी

मंसिर १३, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

किएभ, युक्रेन,  : धेरै क्षेत्रहरूमा मिसाइल प्रहार भएको जनाउदै  युक्रेनी सेनाले थप हवाई आक्रमण हुनसक्ने भन्दै बिहीबार देशव्यापी चेतावनी घोषणा गरेको छ ।

युक्रेनी सेनाले टेलिग्राममार्फत खार्किभ, ओडेसा र अन्य आठ क्षेत्रहरूमा मिसाइल फेला परेको जानकारी गराउँदै स्थानीयलाई सुरक्षित आश्रयमा जान आग्रह गरेको छ ।

पछिल्लो मिसाइल साल्वो अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले कट्टर वफादार र सेवानिवृत्त जनरल किथ केलोगलाई आफ्नो युक्रेन दूतको रूपमा नियुक्त गरेको एक दिन पछि आएको छ । ट्रम्पले युक्रेनमा अढाई वर्षको रूसी आक्रमण समाप्त गर्ने प्रतिवद्धता व्यक्त गर्दै आउनुभएको छ ।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको युद्धविराम सम्झौतामा आफूले चाँडै मध्यस्थता गर्ने उल्लेख गर्नुभएको छ ।

यद्यपी ट्रम्पका आलोचकहरूले अमेरिकी सैन्य सहायताको फाइदा उठाउँदै रिपब्लिकनले किएभलाई स्थायी रूपमा कब्जा गरिएको क्षेत्रलाई त्याग्न वा नेटोमा सामेल नहुन सहमत हुने सम्झौतामा दबाब दिन प्रयोग गर्ने सम्भावना रहेको बताएका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भन्नु भयो “म जनरल किथ केलगलाई राष्ट्रपतिको सहायक र युक्रेन र रूसका लागि विशेष दूतको रूपमा नियुक्त गर्न पाउँदा निकै खुसी छु ।”

सन् २०२२ फेब्रुअरीमा रूसले आक्रमण सुरु गरेदेखि युक्रेनले आफ्नो सशस्त्र सेनाका लागि वासिङ्टनबाट लगभग ६० अर्ब डलर प्राप्त गरेको छ, तर ट्रम्पले ह्वाइट हाउसमा प्रवेश गरेपछि हाल यस विषयमा डर थपिएको छ ।

ट्रम्प निकट अमेरिका फस्र्ट पोलिसी इन्स्टिच्युट थिङ्क ट्याङ्कका लागि केलगको अनुसन्धान पत्रमा भनिएको छ, “अमेरिकाले युक्रेनलाई हतियार बनाउन सहयोग जारी राख्ने र रूसले  हमला नगर्ने र युद्धविराम वा शान्ति सम्झौतापछि आक्रमण नगर्ने सुनिश्चित गर्न आफ्नो सुरक्षा बलियो बनाउने उल्लेख छ । तथापि, भविष्यको अमेरिकी सैन्य सहायताले युक्रेनलाई रूससँग शान्ति वार्तामा भाग लिन आवश्यक हुनेछ ।”

केलगले जुलाईको रिपब्लिकन सम्मेलनमा भ्वाइस अफ अमेरिकालाई युक्रेनका विकल्पहरू ‘एकदम स्पष्ट’ भएको बताउनुभएको छ ।

उहाँले युक्रेन वार्ता नचाहेमा ठूलो क्षति स्वीकार्न र भावी पुस्ताको असहजतालाई समेत आत्मसाथ गर्न तयार हुनु पर्ने बताउनुभएको छ ।

प्रतिक्रिया