February 26, 2025, 3:54 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

मंसिर १०, २०८१ मा प्रकाशित | ८५०दर्शक तीव्रखबर

काठमाडौं- धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन थियो। धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले आइतबार मात्रै सन्तोषनारायण, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सरकारलाई सिफारिस गरेको थियो।

धितोपत्र बोर्डको नेतृत्वमा पुगेका श्रेष्ठले यसअघि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यका रुपमा काम गरिसकेका छन् । बोर्डको नेतृत्व ११ महिनादेखि रिक्त थियो । यसअघि भएका नियुक्ति प्रयास पनि विवादमा परेर रोकिएका थिए ।

२०८० पुस २० मा रमेशकुमार हमालको पदावधि सकिएयता सरकारले बोर्डमा नियुक्त गर्न सकेको थिएन । बोर्डको अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएका श्रेष्ठले काठमाडौं विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेसनमा मास्टर्स (एमबीए) गरेका छन् ।उनी स्याङ्जाको भीरकोट नगरपालिकाका बासिन्दा हुन्।  वि.सं. २०३३ सालमा जन्मिएका उनले विभिन्न कम्पनीमा नेतृत्वदायी भूमिकासहित काम गरेका छन् ।

प्रतिक्रिया