January 11, 2025, 10:09 am
» आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा भित्र्याउन सहज : प्रधानमन्त्री » कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु » THE 303rd PRITHIVI JAYANTI & NATIONAL UNITY DAY » अमेरिकाको आगलागीमा मर्नेको सङ्ख्या ११ पुग्यो » राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

ठुला परियोजनाहरु सफल पार्न जनस्तरको सहभागीता आवश्यक : मन्त्री दाहाल

मंसिर १०, २०८१ मा प्रकाशित | ११९०दर्शक तीव्रखबर

काठमाडौ / भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ठुला परियोजनाहरु सफल पार्न जनस्तरको सहयोग र सहभागीता आवश्यक रहेको बताउनु भएको छ ।

दिर्घकालिन महत्वका आयोजनाहरुको लाभ प्रत्यक्ष रुपमा नागरिकमा पुग्ने भएकाले सफल कार्यान्वयनका लागि समेत नागरिकहरुको सहयोग जरुरी रहेको उहाँको भनाई छ ।
नेपाल निजामति कर्मचारी संगठन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्य समितिले आईतबार काठमाडौमा गरेको प्राविधिक कार्यशालालाई संवोधनका क्रममा उहाँले दिगो र सुरक्षित संरचना अवको प्राथमिकता रहेको बताउनुभयो ।

संरचनाहरु निर्माण गर्नु मात्र नभई सुरक्षा र नियमित मर्मत समेत आवश्यक रहेको भन्दै उहाँले संरचना निर्माण अघिको अध्ययनलाई पनि कम प्राथमिकता नदिन प्राविधिकहरुलाई आग्रह समेत गर्नुभयो । अब बन्ने संरचनाहरुमा जलवायू परिवर्तनको असर र प्रभावलाई समेत विश्लेषण गरिनु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले ठुला परियोजनाहरु निर्माण गर्दा श्रोत परिचालन क्षमता वृद्धी गराउन आवश्यक रहेको बताउनुभयो । प्राविधिक कार्यशाला प्रा.डा.ईन्जिनियर भरतराज पहाडीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा ईन्जिनियरहरु श्रीराम ढकाल, डा. नितेश आचार्य, छवि पौडेल तथा सडक विभागको एडिवी आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले विभिन्न कार्यपत्र पेश गर्नु भएको थियो । सो क्रममा विज्ञहरुले सडक तथा संरचना निर्माण गर्नु अघि सुरक्षाको पक्षलाई ध्यान दिन आवश्यक रहेको बताए । यस्तै ठुला आयोजना तथा पूर्वाधारहरु सञ्चालनको विषय राजनीतिक दलहरुको पनि छलफलको विषय बन्न जरुरी रहेको उनीहरुको सुझाव थियो ।

देशका सवै जिल्लामा सडक सञ्जाल विस्तार भए पनि त्यसलाई उत्पादन र आर्थिक वृद्धीसँग जोड्न जरुरी रहेकोमा विज्ञहरुले जोड दिए । यस्तै कार्यपत्र माथि टिप्पणी गर्दै ईन्जिनियर गजेन्द्र थपलिया, राजेन्द्रराज शर्मा काफ्ले, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायतले अहिले देशमा केहि भएन भनेर निराशा मात्र फैल्याउन जरुरी नरहेको भन्दै प्राप्त उपलव्धिहरुको अधिकतम उपयोग तर्फ ध्यान दिनु पर्ने बताए ।

संगठनको विभागीय समितिका अध्यक्ष प्रमोद खतिवडाका अनुसार कार्यशाला अघि सांगठानिक प्रशिक्षण समेत सञ्चालन भएको थियो । प्रशिक्षणमा संगठनका अध्यक्ष लेखनाथ कोईराला तथा उपाध्यक्ष एवम् प्रशिक्षण विभाग प्रमुख भवानी न्यौपाने दाहालले प्रशिक्षण दिनु भएको थियो । राजेन्द्र जिसीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा नेकपा एमाले काठमाडौका अध्यक्ष दिपक निरौला, पेशागत महासंघका अध्यक्ष तथा संगठनका पूर्व अध्यक्ष पुण्यप्रसाद ढकालले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया