February 26, 2025, 6:30 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

ओलीले बोलाएको बैठकमा देउवा र भट्टराई अनुपस्थित

मंसिर १०, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र डा. बाबुराम भट्टराई अनुपस्थित भएका छन् ।

आसन्न चीन भ्रमणको तयारीका बारेमा छलफल गर्नका लागि ओलीले आज बैठक बोलाएका थिए तर देउवा र भट्टराई भने अनुपस्थित भएका छन् ।

सत्ताका प्रमुख सहयोगी देउवा धनुषा पुगेका छन भने भट्टराई गृह जिल्ला गोरखा गएकाले उनीहरु उपस्थित हुन नसकेका हुन । दुवैको पूर्वनिर्धारित कार्यक्रम थियो । बैठकमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाललगायत भने उपस्थित रहेका छन् । 

आगामी मंसिर १७ वाट सुरूप हुन लागेको उत्तरी छिमेकी मुलुक चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल भने सिंहदरबारमा जारी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार जारी छलफलमा पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग चीन भ्रमणका विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमणमा जाँदैछन् ।

प्रतिक्रिया