November 25, 2024, 9:48 am
» प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह » ओलीले बोलाएको बैठकमा देउवा र भट्टराई अनुपस्थित » सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट » छोराद्वारा बुबाको हत्या » लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

मंसिर १०, २०८१ मा प्रकाशित | २१०दर्शक तीव्रखबर

कैलाली : लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका-४ खैराना सामुदायिक वनस्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ सय २० मिलिग्रामसहित सोही नगरपालिका-७ बस्ने २३ वर्षीय जगत कठायतलाई प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहस्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ४३ ट्याब्लेटसहित सोही उपमहानगरपालिका-१९ बस्ने २२ वर्षीय धिरज पुन मगर पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतको रूपैडिहाबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी मकवानपुरको मनहरी गाउँपालिका-९ भलादमी चोकस्थित सडकबाट लागुऔषध गाँजा १० किलो २ सय ५० ग्रामसहित २ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-८ बस्ने २८ वर्षीय राम कुमार परियार र सोही गाउँपालिका-९ बस्ने ३६ वर्षीय रामकुमार स्याङबो रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको ना।१ ह ५०३३ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक परियार र अटोमा सवार स्याङबोलाई पक्राउ गरेको हो ।

उदयपुरको त्रियुगा नगरपालिका-७ नर्कटे चोकस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ७ सय ८० ग्रामसहित उदयपुरगढी गाउँपालिका-७ बस्ने ५१ वर्षीय सुवेदी काइला भन्ने युवराज खत्रीलाई  प्रहरीले पक्राउ गरेको छ ।  अस्थायी प्रहरी पोष्ट हाडेवासबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

सिराहाको भगवानपुर गाउँपालिका-४ ठाडी बसपार्कबाट पनि लागुऔषध गाँजा ६ किलोग्रामसहित सोही ठाउँ बस्ने ३५ वर्षीय अनोज पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  प्रहरी चौकी ठाडी ईनरूवाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका- ४ बेनिटारमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग।२ ख१८५७ नम्बरको बसमा सवार व्यास नगरपालिका-१० बस्ने २० वर्षीय सुरेश परियार र सोही नगरपालिका-११ बस्ने २० वर्षीय विशाल तामाङलाई ट्रमानिल ३ सय ४० ट्याब्लेट तथा ग १ ख ८५४९ नम्बरको बसमा सवार नवलपरासी बर्दघाट नगरपालिका-४ बस्ने २८ वर्षीय कुल बहादुर थापा मगरलाई नाइट्राभेट ३० ट्याब्लेट र स्पास्मो प्रोक्सिभोन ५५ क्याप्सुल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया