January 11, 2025, 1:02 pm
» बुटवलबाट पनि गोर्खा मिडियामा ११ करोड » राप्रपाको चियापनमा प्रधानमन्त्री ओली » रवि धरौटीमा रिहा भएका हुन्, अदालतले निर्दोष भनेको होइन : महत » आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा भित्र्याउन सहज : प्रधानमन्त्री » कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

धितोपत्र बोर्डको अध्यक्षका लागी दुई जनाको अन्तर्वार्ता जारी, चापागाईँ आएनन्

मंसिर ९, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि अहिले अर्थ मन्त्रालयमा अन्तर्वार्ता चलिरहेको छ । तर यो पटकको अन्तर्वार्तामा पनि दुई जना मात्र उपस्थिति भएका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार बोर्डको अध्यक्षको लागि बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की मात्र अन्तर्वार्ता दिन आएका छन् ।

बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ भने आज भएको अन्तर्वार्तामा अनुपस्थिति भएका छन् । बोर्डको अध्यक्षको दाबेदार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले अगाडि नै अन्तर्वार्ता दिइसकेका छन् ।

योसँगै अन्तर्वार्ता दिने ४ जना पुगेको छ । अर्थ मन्त्रालयले ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद्ले एक जनालाई बोर्डको अध्यक्ष बनाउने प्रक्रिया रहेको छ ।

अधिकारी र कार्की बोर्डको अध्यक्ष पदमा अन्तर्वार्ता दिएसँगै अध्यक्षको प्रक्रिया अगाडि बढेको छ ।

प्रतिक्रिया