January 11, 2025, 1:01 pm
» बुटवलबाट पनि गोर्खा मिडियामा ११ करोड » राप्रपाको चियापनमा प्रधानमन्त्री ओली » रवि धरौटीमा रिहा भएका हुन्, अदालतले निर्दोष भनेको होइन : महत » आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा भित्र्याउन सहज : प्रधानमन्त्री » कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

प्रधानमन्त्री ओलीविरुद्ध प्रयोग भए प्रसाई ?, यस्तो छ भित्रि रहस्य !

मंसिर ९, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौं,  । नेपालको राजनीति तरल अवस्थामा रहेको बेला विभिन्न व्यक्तिहरूले त्यसको फाइदा उठाउन अनेक प्रकरणका हल्ला र अफवाह फैल्याउने प्रयास गरिरहेका छन् ।

त्यसको प्रत्यक्ष प्रमाण हो प्रधानमन्त्री केपी ओलीले कम्बोडियाको दुरसञ्चारमा करिब ३२ अर्ब लगानी गरेको दुर्गा प्रसाईको आरोप । दुर्गा प्रसाई मेडिकल व्यवसायी हुन् ।

उनी कहिले माओवादी केन्द्र निकट त कहिले नेकपा एमाले निकट रहँदै आएका थिए । नेकपा एमाले निकट हुँदा उनी एमालेको केन्द्रीय सदस्य समेत बनेका थिए ।

पछिल्लो समयमा उनी आफूलाई अभियन्ता भनिरहेका छन् । गत सोमबार उनले सामाजिक सञ्जालमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीमाथि गम्भीर आरोप लगाउँदै ओलीले कम्बोडियाको दुरसञ्चार कम्पनीमा ३२ अर्ब नेपाली रुपैँया लगानी गरेको उद्घोष गरे ।

सामाजिक सञ्जालमा त्यो समाचार आएपछि त्यसले व्यापक चर्चा पायो । प्रधानमन्त्री ओलीको नागरिकता र लगानी गरेको प्रमाण रहेको भन्दै केही दिन पछि डिटेल प्रमाण घोषणा गर्ने भन्दै प्रधानमन्त्री ओलीमाथि मात्र होइन नेकपा एमालेमाथि नै गम्भीर आरोप लगाएका छन् ।

प्रसाईको त्यस्तो आरोप पछि सीआइबीले त्यसको खोजविन गर्दै प्रधानमन्त्री ओलीको भनिएको सहीलाई अनुसन्धान गर्दा किर्ते भएको ठहर गर्दै प्रसाईलाई पक्राउ गरेको छ ।

हाल प्रसाई साइबर व्यूरोको हिरासतमा रहेको र उनीमाथि छानविन भै रहेको छ । प्रसाईले सतिशलाल आचार्य भनेका ओली नै हुन् भने अफवाह समेत फैलाएका छन् ।

सतिशलाल आचार्य भनेका डा.आइएल आचार्यका छोरा हुन् । उनी बेलायतमा बसेर व्यवसाय गरिरहेका छन् । केही महिना अघि उनले एनसेलको ८० प्रतिशत शेयर खरिद गरेका थिए ।

नेपालमा स्थापना भएको एनसेलको शेयरखरिद विक्रि नेपाल बाहिर भएको र नेपाल सरकारको नियम कानून भन्दा बाहिर गएर शेयर खरिद विक्रि भएको भन्दै नेपाल दुरसञ्चार प्राधिकरणले शेयर खरिद विक्रिलाई मान्यता दिएको छैन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै प्रधानमन्त्री रहेका र माओवादी केन्द्रकै नेता रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका बेला एनसेलको सेयर खरिद विक्रि भएको थियो ।

अहिले आएर दुर्गा प्रसाईले शतिसलाल आचार्य भनेका केपी ओली नै हुन् भने अफवाह फैल्याउनुमा माओवादी केन्द्रका केही नेताहरूको संलग्नता हुन सक्ने आशंका समेत जन्मिएको छ ।

प्रसाईले त्यस्तो उद्घोष गर्नु अघि पुष्पकमल दाहालले आफ्नो पार्टीको संघीय संसदमा जादुमयी संख्या रहेको र आफू संसदको यहि कार्यकालमा फेरी प्रधानमन्त्री बन्न सक्ने उद्घोष गरेका थिए ।

दाहालले केही दिन पहिला आफ्नो पार्टी ओली नेतृत्वको सरकार ढाल्न नलाग्ने र २०८४ सम्म यहि सरकार चलोस् भन्ने उद्घोष समेत गरेका भएपनि एक हप्ता नवित्दै दाहालले आफ्नो बोली फेर्नु र प्रसाईले प्रधानमन्त्रीमाथि त्यस्तो आरोप लगाउनुको अर्थ के ?

प्रसाईले केपी ओलीले कम्बोडियाको दुरसञ्चारमा लगानी गरेको प्रमाण ल्याउन आफूले १ करोड ११ लाख रुपैँया खर्च गरेको सार्वजनिक रुपमै बताइसकेका हुनाले अब त्यसमाथि समेत अनुसन्धान हुन आवश्यक छ ।

प्रधानमन्त्री ओलीको नागरिकता समेत प्रसाईले सार्वजनिक गरेका थिए । प्रधानमन्त्री ओलीको सही भन्दै सही समेत सार्वजनिक गरेका भएपनि त्यो सही नक्कली भएको साइबर व्युरोको अनुसन्धानले देखाएको छ ।

यसरी मुलुकको प्रधानमन्त्री रहेको व्यक्तिलाई तथानाम गाली गर्दै नागरिकता र सही समेत किर्ते गर्नु अपराध मात्र नभएर महाअपराध भएकाले अब त्यसको सत्यतथ्य अनुसन्धान गरी जनताले बुझ्ने भाषामा सत्यतथ्य बाहिर ल्याउनैपर्दछ ।

जनताको नजरमा राजनीतिक दल र तिनका नेताहरूलाई बद्नाम र अफवाह फैल्याएर जनतामाथि निराशा थप्ने कार्य अब बन्द गरिनुपर्दछ । अपराधमा संलग्न भएका जोसुकै भएपनि उनीहरूले दण्ड सजाए पाउनैपर्दछ । कानूनी राज्यमा कानून भन्दा माथि कोही हुन सक्दैनन् ।

त्यसैले समाजमा अफवाह फैल्याउने र समाजलाई आतंकित पार्ने जोसुकै हुन् उनीहरूलाई कानूनी दायरामा ल्याउनु राज्यको दायित्व र कर्तव्य समेत हो ।

एनसेलको विवाद अहिले पनि कायम भएको र एनसेललाई नेपाल सरकारको मातहतमा नल्याउने चलखेल पुष्पकमल दाहाल प्रधानमन्त्री रहेकै बेला भएको थियो ।

नेपाल दुरसञ्चार प्राधिकरणको कानुन नै परिवर्तन गरेर दुरसञ्चार प्राधिकरणको अध्यक्ष दाहाल सरकारले परिवर्तन गरेको थियो ।

अहिले नेपाल दुरसञ्चार प्राधिकरणमा माओवादी निकट रहेका व्यक्ति नै अध्यक्ष रहेका अभियान साप्ताहिकमा उल्लेख छ  ।

प्रसाईले प्रधानमन्त्री ओलीमाथि लगाएको आरोपका बारेमा दुरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी समेत जानकार हुन सक्छन् ।

उनी सतिशलाल आचार्यको तर्फबाट केही समयसम्म कम्बोडियाको दुरसञ्चारमा सञ्चालक रहेका थिए भन्ने एनसेलको सल्लाहकार समेत रहेका थिए ।

यस प्रकरणमा ओलीमाथि लगाइएको आरोपको बारेमा प्राधिकरणका अध्यक्ष भण्डारीको समेत संलग्नता हुन सक्ने चर्चा समेत चल्न थालेको हुनाले उनिमाथि समेत अनुसन्धान गरि सत्यतथ्य बाहिर ल्याउनु आवश्यक रहेको छ ।

प्रतिक्रिया