February 24, 2025, 9:37 am
» राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति

इजरायली निकासी आदेश पछि बेरुतमा आक्रमण

मंसिर ७, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

इजरायलले निकासी आदेश जारी गरेको  केही समयपछि हिजबुल्लाह लडाकुहरूको गढ बेरुतको दक्षिणी उपनगरमा आक्रमण गरेको लेबनानी  मिडिया र एएफपिटिभी फुटेजले शुक्रबार जनाएका छन् ।

लडाकु विमानहरूले“ दक्षिण बेरुतमा दुईवटा छापा मारेपछि लेबनानी विश्वविद्यालयको छेउछाउबाट बाक्लो धुवाँ उडिरहेको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

इजरायली सेनाले तिनवटा स्थान खाली गर्न आदेश दिए पछि सामाजिक सञ्जालमा आक्रमणको चेतावनी दिँदै एएफपिटिभीको प्रत्यक्ष फुटेजले यस क्षेत्रको  अवस्था देखाएको थियो ।

यस लगतै इजरायली सेनाले विज्ञप्ति मार्फत लडाकू जेटहरूले बेरुतको दक्षिणी उपनगरहरूमा आक्रमणको नयाँ चरण पूरा गरेको जनाएको छ ।

बेरुत र लेबनानको दक्षिण तथा पूर्वका अन्य क्षेत्र पछिको इजरायली आक्रमणमा इजरायलले इरान समर्थित हिजबुल्लाह लडाकुहरूलाई लक्षित गरेको बताएको छ ।

गाजा द्वन्द्वलाई लिएर इजरायल र हेजबोल्लाह बिच ११ महिना भन्दा बढीको सीमापार लडाँइ सेप्टेम्बरमा पूर्ण युद्धमा परिणत भएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायली हमलामा कम्तिमा ५२ जनाको र लेबनानको पूर्वमा करिब ४० को मृत्यु भएको जनाएको छ ।

इजरायली सेनाले शुक्रबार तटीय सहर टायर र नजिकैको बुर्ज अल-शेमाली प्यालेस्टिनी शरणार्थी शिविरका केही भागहरूका लागि निकासी चेतावनी पनि जारी गरेको थियो ।

इजरायल हिजबोल्लाह युद्धको अन्त्यका लागि मध्यस्थता गर्न अमेरिकी दूत अमोस होचस्टेनले बुधबार बेरुतको भ्रमण समाप्त गरेपछि लेबनानमा आक्रमणको गति बढेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार सन् २०२३ अक्टोबर देखिको हिंसामा कम्तीमा तीन हजार ५८३ जनाको मृत्यु भएको जनाएको जस मध्ये अधिकांश मृत्यु यस वर्षको सेप्टेम्बर देखि भएको हो ।

प्रतिक्रिया