February 23, 2025, 2:24 am
» प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela

कफी खेतीमा युवालाई आकर्षण गर्ने गरी कार्यक्रम ल्याउन बोर्डलाई कृषि मन्त्रीको निर्देशन

मंसिर ७, २०८१ मा प्रकाशित | ८७०दर्शक तीव्रखबर

काठमाडौं : कृषि तथा पशुपन्छी  विकासमन्त्री  रामनाथ अधिकारीले कफी खेतीमा युवालाई आकर्षण गर्ने गरी कार्यक्रम ल्याउन राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिएका छन्।

२०औं राष्ट्रिय कफी दिवसका अवसरमा आज कीर्तिपुरमा आयोजित  कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षण गर्ने गरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा नीतिगत सुधारका लागि गृहकार्य गर्न बोर्डलाई निर्देशन दिएका हुन्।

मन्त्री अधिकारीले  नेपालको भौगोलिक अवस्था, माटो, र जलवायु अर्गानिक कफीको उत्पादनका लागि अत्यन्तै उपयुक्त  रहेको बताए। उत्पादन र उत्पादकत्वमा अझै पनि व्यापक सुधार गर्ने आवश्यक रहेको र  यसका लागि सार्वजनिक निजी साझेदारीका   साथै कफी मूल्य श्रृङ्खलाका सबै चरणहरूमा संलग्न व्यक्तिहरू, कृषक, प्रशोधनकर्ता, व्यवसायी र उपभोक्ताहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

मन्त्री अधिकारीले स्वदेश तथा विदेशमा उच्च माग रहेको नेपाली कफीको व्यावसायिक उत्पादनमा थप लगानी गर्न निजी क्षेत्रलाई आग्रह समेत गरेका छन्। उनले मन्त्रालयले कफी क्षेत्रको विकास तथा बिस्तारका लागि उपयुक्त नीति  तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे।

नेपालको कफी क्षेत्रले यो २० वर्षको अवधिमा अनेक आरोह अवरोहहरूको सामना गर्नुपरेको र हाल कफी  बजार सुनिश्चित भएको कृषि उपजको रूपमा स्थापित भएको उनको भनाइ छ। उनले कफी ३० हजारभन्दा बढी नेपाली किसानको आय आर्जनको स्रोत बनेको र हजारौंले कफी उद्योग तथा क्याफे हाउसहरूमा रोजगारी समेत पाइरह्नु नेपाली कफी क्षेत्रको लागि गौरवको विषय बनेको उल्लेख गरे।

प्रतिक्रिया