February 26, 2025, 5:43 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

एमाले सभा : शहीद गेटबाट हिँड्ने जुलुस दरबारमार्गमा १ बजे आइपुग्ने

मंसिर ७, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

काठमाडौं सत्तारुढ दल नेकपा एमालेले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । जागरण सभा भनिएको सो कार्यक्रममा २ बजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । 

बिहान साढे ११ बजे काठमाडौँको शहीद गेटबाट जुलुस सुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने बताइएको थियो । तर, कारणवश १२ बजे मात्र शहीद गेटबाट जुलुस हिँड्ने तयारी भएको युवा संघका प्रवक्ता निरोज पौडेलको भनाइ छ ।

‘१२ बजे शहीद गेटबाट जुलुस सुरु भएर  दरबारमार्गमा आउँदा १ बज्छ । त्यसपछि उद्‌घाटन कार्यक्रम सुरु हुन्छ ।  ‘एमाले अध्यक्ष तथा प्रधानमन्त्री ज्यूले सम्बोधन गर्ने तालिका २ बजे पछाडि छ ।’ सभामा ओलीपछि र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तालिका रहेको छ । यस्तै अन्य नेताहरू पनि बोल्ने छन् । अहिले कार्यक्रम स्तर दरबारमार्गमा कार्यकर्ताको हल्का चहलपहल छ ।

दरबारमार्गको मुख्य चोकबाट नारायणहिटीसम्म कुनै पनि सवारी साधन आवतजावत गर्न दिएको छैन । एमालेले असोज ३ गते संविधान दिवसमा पनि प्रधानमन्त्री ओलीकै इच्छामा कन्सर्ट गरिएको थियो । सभामा भक्तपुर, ललितपुर र काठमाडौँसहित उपत्यका वरपरका जिल्लाहरूबाट १ लाख मान्छे उपस्थित हुने एमालेको दाबी छ ।

सभामा ओलीले चौतर्फी घेराबन्दी भएपछि आफ्ना कुराहरू राख्ने योजना छ । सरकारका राम्रा काम, निर्णय र भावी योजनालाई कार्यान्वयन गराउन सडकमा गएर जनमत जाँच्ने र पार्टी पङ्क्तिलाई पनि जानकारी गराउने तयारी छ । 

यस्तै, आज नै काठमाडौँको कोटेश्वरमा दुर्गा प्रसाईँ समर्थकको र माइतीघरमा सहकारी पीडितको पनि प्रदर्शन रहेको छ ।

प्रतिक्रिया