February 23, 2025, 2:15 am
» अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो

ग्लामर्स नग्नता होइन, सुन्दरता हो- मोडेल बबिता गुरुङ

मंसिर ७, २०८१ मा प्रकाशित | ५३३०दर्शक तीव्रखबर

काठमाडौ । बि. स २०४९ सालमा भक्तपुरको तेलकोटमा जन्मिएर बाल्यकाल भारतको देहरादुनमा काटेकी बबिता गुरुङको बाल्यकालदेखिनै मोडेल बन्ने लक्ष्य थियो।

करिब १० बर्ष अघि नेपाल आएर एकाएक स्टेज शो हरुमा आइटम डान्स र बेलिडान्समा छाउन थालेपछि उनको लोकप्रियता चुलिएको हो।देसका थुप्रै जिल्लाहरुमा गएर करिब ३०० स्टेज शोमा आफ्नो नृत्य कला पस्किसकेकी बबिता आफ्नो पेसाबाट सन्तुष्टि रहेको बताउछिन् ।

कलाक्षेत्रमा अगाडि बढ्न पारिबारिक सपोर्ट समेत राम्रो पाएकी उनले यो क्षेत्रमा थुप्रै आरोह,अवरोह समेत भोग्नुपरेको बताउछिन। आधादर्जन जति म्युजिक भिडियोमा समेत मोडलिङ गरिसकेकी बबिताको स्टेज शो को आइटम डान्सले धेरैलाई हुरुक्कै बनाउने गरेको छ। गल्यामरलाई नग्नता नभइ सुन्दरता ठान्ने बबिता जिबनभर नृत्यलाई अगाल्ने बताउछिन । – एन्टिना घनश्याम

प्रतिक्रिया