December 24, 2024, 12:13 pm
» देशको आर्थिक विकास गर्न सरकार क्रियाशील छ : उपाध्यक्ष बराल » मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु » गहुँखेती गर्न रासायनिक मल अभाव » स्थानीय तहलाई तीन मेगावाट क्षमताको मात्रै विद्युत् उत्पादनको अधिकार दिनुपर्छ » भ्रामक समाचारको पछि नलाग्न इसेवाको अनुरोध

मन्त्रिपरिषद बैठक बस्दै, प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल हुने

मंसिर ६, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।

आज बस्ने मन्त्रीपरिषद्को बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई स्वीकृत गर्न सक्ने बुझिएको छ । यस्तै, बैठकमा मन्त्रालयगत तथा सरकारका नियमित कामकारबाहीबारे पनि छलफल र निर्णय हुने बताइएको छ ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाने तयारी रहेको छ ।

प्रतिक्रिया