February 24, 2025, 9:42 am
» राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति

प्रधानमन्त्री मोदी गुयाना भ्रमणमा

मंसिर ५, २०८१ मा प्रकाशित | ७३०दर्शक तीव्रखबर

जर्जटाउन(गुयाना), ५ मङ्सिर : प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि बुधबार गुयाना पुग्नु भएको छ ।

उहाँ ५६ वर्षमा गुयानाको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुनुहुन्छ  । प्रधानमन्त्री मोदी लाई एयरपोर्टमा गुयानाका राष्ट्रपति मोहम्मद इरफान अली तथा मन्त्रीहरूले स्वागत गरेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको आगमनको असरमा गुयानाले राष्ट्रपतिद्वारा शुभकामनासहित गुयानाको जर्जटाउनमा औपचारिक स्वागत र गार्ड अफ अनर प्रदान गरेको छ ।

भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले गुयानाको संसदको विशेष बैठकलाई सम्बोधन गर्ने तथा भारत–क्यारिकम शिखर सम्मेलनमा क्यारेबियन साझेदार देशका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीको गुयाना भ्रमण अघि पत्रकार सम्मेलनमा भनरतीय विदेश मन्त्रालयले गुयानाका राष्ट्रपति मोहम्मद इरफान अलीको निमन्त्रणामा प्रधानमन्त्रीको भ्रमण भएको उल्लेख गरेको थियो ।

विदेश मन्त्रालयका पुर्व सचिव जयदीप मजूमदारले भारत र गुयानाबिच उच्चस्तरीय सम्पर्क बढेको जनाउर्दै गुयानासँग लामो समय देखि विकासलगायतका अन्य आवाश्यक साझेदारी गरेको उल्लेख गर्नु भयो ।

गुयाना भ्रमणका बारेमा विस्तृत जानकारी दिँदै मजूमदारले प्रधानमन्त्री मोदी राष्ट्रपति इरफान अलीसँग प्रतिनिधिमण्डल स्तरको वार्तामा संलग्न हुने बताउनु भएको छ ।

विदेश मन्त्रालयका अधिकारीले गुयाना विश्वको सबैभन्दा तीव्र गतिमा अघि बढिरहेको अर्थतन्त्र भएको उल्ल्ेख गर्दै भविष्यमा भारतले गुयानासँग विभिन्न थप क्षेत्रमा साझेदारी गर्ने अवसर पाउने बताएका छन् ।

प्रतिक्रिया