February 24, 2025, 9:28 am
» पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी

युक्रेनमा पुनः रूसी हमला सात जनाको मृत्यु ; जेलेन्स्की

मंसिर ४, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

किएभ(युक्रेन), : सुमीको पूर्वी युक्रेनी क्षेत्रमा भएको रुसी हमलामा एक जना बालकसहित सातको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार बताउनु भएको छ ।

सुमी रूसको कुर्स्क क्षेत्रको सीमामा अवस्थित क्षेत्र हो जहाँ युक्रेनी सेनाले गत अगस्टमा  आक्रमण गरी धेरै भूभाग कब्जा गरेको थियो ।

सोमबार राति, ड्रोनले प्रहार गरी एक स्थानीय शैक्षिक संस्थाको छात्रावास ध्वस्त पारेको उल्लेख गर्दै आक्रमणमा हाल सम्म एक बालकसहित सात जनाको मृत्यु भएको  जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको हो ।

उहाँले घटनास्थलबाट पोस्ट गरेको भिडियोमा उद्धारकर्मीहरूले भग्नावशेषको छानविन गदै गरेको तथा आक्रमणमा मृत्यु भएकाहरुलाई  निकालिरहेको देखाइएको थियो ।

उहाँले आक्रमणमा “दुई बालकसहित दश जनाभन्दा बढी घाइते भएको  र अझै पनि भग्नावशेषमुनि मानिसहरू फसेका हुन सक्ने बताउनु भएको छ ।

सुमीमा रूसी क्षेप्यास्त्र हमलाबाट एक बालकसहित आठ जनाको मृत्यु भएको दुई दिनपछि यो आक्रमण भएको हो । रूसको निरन्तरको आक्रमणले सिमा नजिकैका सम्पूर्ण जिल्लाहरूलाई अति प्रभावित बनाउनुका साथै युक्रेनमा ऊर्जा सुविधाहरू ध्वस्त पारेको छ ।

प्रतिक्रिया