January 28, 2025, 10:39 pm
» मैले पशुपतिको सुन खाएँ भनियो तर उप्काएर छानबिन गर्दा पनि केही भेटिएन्ः ओली » क्रान्तिकारीका अध्यक्षका ३ उम्मेदवारले भने, ‘मतगणना बाल्मिकीमा नै गरिनुपर्छ’ » साउदीमा मृत्यु भएका लहेरीको परिवारलाई १० लाख सहयोग » रुखबाट खसेकी महिलाको निधन » स्रोत नखुलेको १० लाखसहित बारामा दुई जना पक्राउ

अमेरिकामा सर्वाधिक शो पाउने नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’

मंसिर २, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौँ, 

‘पूर्णबहादुरको सारङ्गी’ले अमेरिकामा सर्वाधिक शो पाउने नेपाली फिल्मको कीर्तिमान रचेको छ । शनिबार एकैदिनमा फिल्मको शो संख्या २२६ थियो ।वितरण कम्पनी नेपाल इलेभन इन्टरटेनमेन्टले यसअघि ‘डिग्री माइला’ले एकैदिनमा रचेको ९० शो कीर्तिमानलाई यो फिल्मले उछिनेको जनाएको हो । टेक्सासको डालसस्थित पाँच हलमा फिल्मले २० शो पाएको छ ।वितरण कम्पनी नेपाल इलेभन इन्टरटेनमेन्टले यसअघि ‘डिग्री माइला’ले एकैदिनमा रचेको ९० शो कीर्तिमानलाई यो फिल्मले उछिनेको जनाएको हो । टेक्सासको डालसस्थित पाँच हलमा फिल्मले २० शो पाएको छ ।

ह्युस्टनका तीन हलमा ११ शो, ओहायो कोलम्बसका तीन हलमा १३ शो धेरैमध्ये हुन् । विशेषगरी नेपालीहरुको बाक्लो बसोबास रहेको टेक्सास, ओहायो क्षेत्रमा शो संख्या उच्च देखिएको छ ।

नोभेम्बर ८ मा रिलिज भएको फिल्मले सुरुवाती तीन दिनमा ३५० शो पाएको थियो । तर समग्रमा ‘डिग्री माइला’को ५६० शो थियो । जारी ट्रेन्ड हेर्दा ‘पूर्णबहादुरको सारङ्गी’ले यो शोलाई पनि उछिन्ने प्रक्षेपण छ ।

प्रतिक्रिया