February 23, 2025, 3:32 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

सकियो जितु र नीति अभिनित फिल्म ‘ज्वाइँ साब’को सुटिङ

साउन २, २०८१ मा प्रकाशित | १०७०दर्शक तीव्रखबर

जितु नेपाल र नीति शाहको मुख्य भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’ को छायाङ्कन सकिएको छ। चित्लाङ र चितवन गरेर एक महिना लगाएर फिल्मको सुटिङ सकिएको हो। कलाकार र प्राविधिकहरुको साथका कारण निर्धारित समयमै फिल्मको सुटिङ सकिएको निर्देशक बसन्त निरौलाले जानकारी दिए। छायाङ्कन सकिएसँगै निर्माणटिम फिल्मको प्रोस्टप्रोडक्सनको काममा लागेको छ।

यस फिल्ममा जितु र नीतिलाई पर्दामा जोडीको रुपमा हेर्न पाइनेछ। दुवैको भूमिका विशेष हुने निरौलाको भनाइ छ।

मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङ निर्माता रहेको फिल्मको प्रस्तुतकर्ता राजकुमार पण्डित हुन्। विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा र शंकर धितालको पटकथा तथा संवाद छ।

फिल्ममा वुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, शिवु पाण्डे लगायतको अभिनय छ।

प्रतिक्रिया