February 24, 2025, 9:26 am
» पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी

ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट हुँदा एक जनाको मृत्यु

कार्तिक २९, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं– ब्राजिलको सर्वोच्च अदालतबाहिर भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ । बुधबार साँझ अदालतको भवन बाहिर  विस्फोट भएको हो ।

विस्फोटपछि सर्वोच्च अदालत खाली गरिएको थियो । ब्राजिलियाका डेपुटी गभर्नरले एक व्यक्तिलाई अदालतमा प्रवेश गर्नबाट रोकिँदा विस्फोट भएको बयान दिएका थिए ।

भवनबाहिर एक व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ । तर, उनको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।

ब्राजिलका महान्यायाधिवक्ता जर्ज मेसियसले एक पोस्टमा आक्रमणको निन्दा गर्दै भने, यो जानाजानी गरिएको आक्रमण थियो र यसबारे विस्तृत अनुसन्धान हुनेछ ।’ न्यूजकारखानाबाट साभार 

प्रतिक्रिया