February 24, 2025, 9:14 am
» ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी » सालकको खपेटा सहित चार जना पक्राउ

अमेरिकाको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एक जनाको मृत्यु, १६ घाइते

कार्तिक २६, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

एजेन्सी – अमेरिकाको अलाबामा राज्यको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एक जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् ।

घटनाको अनुसन्धानका लागि मेसिनगन राखेको आरोपमा २५ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको अलाबामा कानून प्रवर्तन एजेन्सीले एक समाचार विज्ञप्तिमार्फत जनाएको छ । विज्ञप्तिअनुसार मेसिनगन रूपान्तरण उपकरणका साथ ह्यान्डगन लिएर आरोपित घटनास्थलबाट बाहिर जाँदै गर्दा पक्राउ गरिएको थियो ।

विश्वविद्यालयले कानून प्रवर्तनले घटनास्थललाई सुरक्षित गरेको र अलाबामा ब्युरो अफ इन्भेस्टिगेसनले अनुसन्धान गरिरहेको बताएको छ । संयुक्त राज्य अमेरिकामा यस वर्ष अहिलेसम्म रिपोर्ट गरिएको कम्तीमा चार स य ५४ वटा सामूहिक गोलीबारीमध्ये यो पनि एक हो ।

गत अक्टोबर १९ मा अल्बानी स्टेट युनिभर्सिटीमा भएको गोली हानाहानमा एक जनाको मृत्यु भएको थियो भने अन्य धेरै घाइते भएका थिए । सोही दिन मिसिसिपीमा गोली चल्दा तीन जनाको मृत्यु भएको थियो भने अन्य आठ जना घाइते भएका थिए । 

प्रतिक्रिया