February 23, 2025, 2:26 am
» प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela

‘पूर्णबहादुरको सारङ्गी’ ले १० दिनमा कमायो १८ करोड रुपैयाँ

कार्तिक २६, २०८१ मा प्रकाशित | ९००दर्शक तीव्रखबर

काठमाडौं- फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बक्स अफिसमा शानदार आम्दानी गरिरहेको छ ।

फिल्मले रिलिजको १० दिन (शनिबारसम्म) मा १७ करोड ९८ लाख ग्रस कमाउन सफल भएको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जानकारी दिएको छ ।

फिल्मले शुक्रबार २ करोड ९९ लाख र शनिबार ३ करोड ८९ लाख ग्रस आम्दानी गरेको थियो ।

त्यसैगरि आइतबार यता पनि फिल्मको आम्दानी शानदार रहेको छ। फिल्म अहिले पनि देशभर हाउसफूलसहित चलिरहेको छ ।फिल्मले कयौँ कीर्तिमान बनाउने क्रममा देशभरमा एकैदिन ४८० भन्दा बढी शो पाएर नयाँ कीर्तिमान बनाएको छ । यसअघि नेपाली फिल्मले एकै दिन यति धेरै शो पाएका थिएनन् ।

प्रतिक्रिया