February 25, 2025, 4:06 am
» प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा » प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ? » आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने » थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन

सङ्खुवासभाको चिचिला भिरमा युवकको शव भेटियो

कार्तिक २५, २०८१ मा प्रकाशित | ११००दर्शक तीव्रखबर

संखुवासभा – सङ्खुवासभाको चिचिला गाउँपालिकामा आज एक युवकको शव भिरमा फालिएको अवस्थामा फेला परेको छ । चिचिला गाउँपालिका-३ का ३६ वर्षीय विकास राईको शव भिरमा भेटिएको प्रहरीले जनाएको हो ।

चिचिला-३ खर्सुस्थित लप्सीभिरमा बाटोदेखि करिब एक मिटर तल भिरमा अड्किएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतको बताए।

उनले शव सडेको अवस्थामा फेला परेको र विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए । शव हाल पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको छ ।

हत्यामा सङ्लग्न भएको आरोपमा चिचिला-३ कै ३५ वर्षीय प्रदीप राईलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया