February 25, 2025, 3:57 am
» प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा » प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ? » आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने » थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन

कालिकोट दुर्घटना : मृतकको संख्या ७ पुग्यो, ५ जनाको अवस्था गम्भीर (अपडेट)

कार्तिक २५, २०८१ मा प्रकाशित | ९२०दर्शक तीव्रखबर

कालीकोट । कालीकोटमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनको संख्या सात पुगेको छ । प्रदेश अस्पताल सुर्खेत उपचारत सल्यानका ४५ वर्षीय चालक धनिराम रावतको मृत्यु हो ।

योसँगै मृत्यु हुनेको संख्या ७ पुगेको छ । आइतबार दिउँसो साढे २ बजे १९ जना यात्रु लिएर पलाँता गाउँपालिकाको खिनबाट थिुर्पू जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बोलेरो गाडी दुर्घटना भएको थियो ।

पलाँता दुर्घटनामा घाइते चालक रावतसहित १३ जनालाई उपचारका लागि हेलिकप्टरमा कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा पलाता-६ की दसकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता-५ की छाँया शाही तथा पलाँता-३ का दमन रोकाया छन् ।

यस्तै दुर्घटनामा घाइते हुनेहरुमा पलाता-६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया र भूपेन्द्र रोकाया, पलाता-५ का दोली विक र आयुशा विक, पलाता-३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया रहेका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दानबहादुर, निर्मला, जगत, दोली र आयुशाको पनि अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया