February 25, 2025, 4:01 am
» प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा » प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ? » आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने » थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन

रौतहटमा प्रधानाध्यापकमाथि गोली प्रहार

कार्तिक २५, २०८१ मा प्रकाशित | १६३०दर्शक तीव्रखबर

रौतहट- रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर-१ स्थित मकवानपुरको सीमामा गोली चलेको छ ।

अज्ञात समूहले हानेको गोली लागेर मकवानपुरको हात्ती सुने माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम लामा घाइते भएका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिकाको समयमा अज्ञात समूहले प्रधानाध्यापक लामामाथि गोली प्रहार गरेका थिए ।

चन्द्रपुर नगरपालिका वडा नम्बर १ बाट मकवानपुरको राईगाउँ जाने सडकस्थित जोगी खोलाको मुहानमा प्रधानाध्यापक लामामाथि गोली प्रहार गरिएको थियो ।

दाहिने गालामा गोली लागेका लामालाई उपचारका लागि वीरगञ्ज पठाइएको चन्द्रपुर-१२ का स्थानीयबासी समिरबाबु कार्कीले बताए ।

गोली चलेको स्थानमा अहिले प्रहरी चौकी पौराहीबाट प्रहरी सहायक निरीक्षक कुन्दन सिंहको नेतृत्वमा टोली पुगेको छ ।

प्रतिक्रिया