February 26, 2025, 12:27 am
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

रवि र छवि अझै १३ दिन हिरासतमै रहने

कार्तिक २५, २०८१ मा प्रकाशित | ७३०दर्शक तीव्रखबर

काठमाडौं,  । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई आज म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई चौथो पटक म्याद थप गर्दै १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सोही मुद्दामा पक्राउ परेर कास्की प्रहरीकै हिरासतमा रहेका नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीलाई पनि अदालतले १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया