February 26, 2025, 12:09 am
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

हवाई भाडा महँगिएको भन्दै सांसद बजगाईँले गरे माइतीघरमा विरोध

कार्तिक २५, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

काठमाडौं– हवाई भाडा महँगो भएको भन्दै कांग्रेसका प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले विरोध प्रदर्शन गरेका छन् ।

हवाई भाडा महँगो हुँदा खाडीमा रहेका लाखौँ युवाहरुलाई समस्या भएको भन्दै बजगाईँले आइतबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्  ।

नेपालमा रोजगारको सम्भावना नभएर बिदेसिन बाध्य नेपालीहरूलाई महँगो भाडा थोपरिएकाले तत्काल हवाई भाडा वृद्धिको निर्णय फिर्ता हुनुपर्ने बजगाईँले बताए ।

नेपाली पर्यटन क्षेत्र अस्तव्यस्त भएको अवस्थामा हवाई भाडा वृद्धिले पर्यटन क्षेत्रमा समेत असर पुग्ने उनको भनाइ छ । बजगाईँले हवाई भाडा वृद्धि फिर्ता गराउनका लागि पर्यटन मन्त्रीलाई समेत आग्रह गरेको उल्लेख गरे ।हवाई भाडा वृद्धि भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा नियन्त्रणका लागि सरोकारवाला पक्षसँग पाँच बुँदे सहमति समेत गरिसकेको छ ।

प्रतिक्रिया