December 26, 2024, 12:16 pm
» एनसेलको सेयर खरिद-बिक्रीविरुद्धको रिट सर्वोच्चले गरिदियो खारेज » नेपालले जलवायु न्याय र क्षतिपूर्तिको आवाजलाई सशक्त रूपमा उठाउनुपर्छ : परराष्ट्रमन्त्री » रास्वपाको सुदूरपश्चिम जिल्ला भेला सम्पन्न » गैँडाको खागसहित एक जना पक्राउ » धान झुल्ने खेतमा कागती पहेँलै, वार्षिक पाँच लाख आम्दानी

प्रधानमन्त्री ओलीलाई दिल्लीले नपत्याएपछि बेइजिङको तयारी

कार्तिक २५, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौं,  । भारत भ्रमण गरेर औपचारिक रूपमा विदेश भ्रमण सुरु गर्ने चाहना रहे पनि भारत सरकारले निम्तो नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो औपचारिक विदेश भ्रमण चीनबाट सुरु हुने करिब निश्चित जस्तै भएको छ ।

सरकारले प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी थालिसकेको छ ।

संयुक्त राष्ट्रसंघको महासभाका क्रममा गत महिना प्रधानमन्त्री ओलीले न्युयोर्कमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई औपचारिक रूपमा नेपाल भ्रमणको निम्तो दिए पनि भारतले भने ओलीलाई दिल्ली भ्रमणका लागि निम्तो नदिएको र भारतीय प्रधानमन्त्री मोदी पनि कहिले काठमाडौ आउने टुंगो नलागेको परराष्ट्रको उच्च स्रोतले बताएको छ ।

त्यसैले ओली भारतलाई देखाउनकै लागि भए पनि निम्तो मागेर चीन भ्रमणको तयारीमा जुटेको परराष्ट्र मामिला विज्ञहरूको ठहर छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले डिसेम्बर २ देखि ६ ।

मंसिर १७ देखि २१ गते सम्म पांच दिन चीनको औपचारिक भ्रमण गर्ने सम्भावना छ र चीनले पनि सोहीअनुसार मिति तय गरेर भ्रमणको तयारी गरेको छ ।

चीनले मिति तोकेरै भ्रमणको निम्तो दिएसंगै प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमणको तयारी र भ्रमणको जिन्दाबार छलफल सुरु गरिसकेको बुझिएको छ ।

त्यसको संयोजन परराष्ट्रमन्त्री आरजु राणा देउवाले गरिरहेको मन्त्रालय स्रोतले बताएकी छ । केही दिनअघि बसेको कांग्रेस एमाले दुई दलीय संयन्त्रको बैठकले पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी र संयोजन गर्न जिम्मा परराष्ट्रमन्त आरजुलाई दिएको थियो ।

चीनले औपचारिक रूपमा मिति तोकेरै ओलीलाई बोलाए पनि नेपाल सरकारले भने प्रधानमन्त्री ओलीको चीन भ्रमणका बारेमा केही बताइसकेको छैन।

प्रधानमन्त्री ओलीको चीन भ्रमणकै तयारीका निम्ति परराष्ट्र मन्त्री राणाले अजरबैजानको बाकुमा हुन लागिरहेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २९ मा सहभागी हुन जाने कार्यक्रम स्थगित गरेकी छिन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपालको प्रतिनिधिमण्डल बाक जाँदै छ । परराष्ट्र मन्त्री राणा शनिबार नै बाकु जाने तयारीमा थिइन् ।

तर, प्रधामन्त्री ओलीले चीन भ्रमणको तयारी गर्नुपर्ने भन्दै बाकु भ्रमण स्थगित गर्न परराष्ट्रमन्त्रीलाई भनेपछि उनले बाकु जाने कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भम्रणको तयारी थालेको परराष्ट्र मन्त्रालय स्रोतले देशान्तरलाई बतायो ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका बेला प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच असोज ११ गते न्युयोर्कमा भेट भएको थियो ।

उक्त भेटमा वाङले नोभेम्बरको अन्तिम या डिसेम्बरको सुरुवातमा भ्रमण गर्ने गरी प्रधानमन्त्री ओलीलाई निम्ता गर्ने बताएका थिए ।

सोहीअनुसार नै चिनियाँ प्रधानमन्त्री ली छ्याङले आउँदो डिसेम्बर २ देखि ६ सम्म चीन भ्रमणका लागि ओलीलाई निम्तो पठाएका हुन् ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको पनि कोसिस गरिरहेकी थिइन् ।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पनि अमेरिकामा भेट भएको थियो ।

त्यसबेला नेपालका तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको देशान्तर साप्ताहिकमा उल्लेख छ ।

भारतीय पक्ष भने प्रधानमन्त्री ओलीलाई बोलाउने विषयमा अहिलेसम्म मौन छ ।

यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा भारत र चीनको औपचारिक भ्रमण गरेका थिए ।

प्रधानमन्त्री ओली चीन भ्रमणका बेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई ऋणबाट अनुदानमा रूपान्तरण गर्न नेपालले विशेष अनुरोध गर्ने, बीआरआई परियोजना कार्यान्वयनलगायत विषयमा छलफल हुने जनाइएको छ । तर, भ्रमणका औपचारिक एजेन्डा भने तय भइसकेको छैन ।

प्रतिक्रिया