February 26, 2025, 12:09 am
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

देउवाको टिप्पणी- रवि पक्राउ पर्दैमा रास्वपाले अनावश्यक होहल्ला गर्न आवश्यक छैन

कार्तिक २५, २०८१ मा प्रकाशित | ६२०दर्शक तीव्रखबर

धनगढी– सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापति पक्राउ पर्दा रास्वपाका नेता तथा कार्यकर्ताहरुले अनावश्यक हो हल्ला गर्न आवश्यक नरहेको टिप्पणी गरेका छन् ।

गृह जिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै सभापति देउवाले कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा आफूहरूले कहिल्यै हल्ला नगरेको भन्दै रास्वपालाई पनि हो-हल्ला गर्न आवश्यक नरहेको टिप्पणी गरेका हुन् ।

साथै उनले लामिछानेले अदालती प्रक्रियालाई सघाउनुपर्ने बताए ।

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार निर्बाध रूपमा अघि बढ्ने र कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमति पूर्ण रूपमा कार्यान्वयन हुने स्पष्ट पारे ।सभापति देउवा गृह जिल्ला डडेल्धुरामा करिब एक साता बसेर विभिन्न स्थानीय कार्यक्रममा सहभागी हुने तालिका रहेको छ ।

प्रतिक्रिया