February 25, 2025, 4:43 am
» भारतमा तीन किशोरीमाथि १८ नाबालिगद्दारा सामुहिक बलात्कार » अमिर खानको एक फिल्म, जो स्विटजरल्याण्डमा ८ महिनासम्म हाउसफूल चल्यो » ट्रम्पलाई भेटेपछि म्याक्रोनले भने- शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन » खजुर बेचेरै साउदीले कमाउँछ १ अर्ब २८ करोड बढी रियाल » माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा

सहकारी विकास बोर्डको अनधिकृत संचरनामा ललितपुर महानगरले चलायो डोजर

कार्तिक २५, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं : ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ । महानगरले ललितपुरको हरिहर भवनमा रहेको सहकारी बोर्डको पर्खाल डोजर लगाएर भत्काएको हो ।

२०७३ साल पुसमा नै तत्कालिन ललितपुर उपमहानगरपालीकाले सडक ओगटेर बनाएको मापदण्ड विपरीतको उक्त पर्खाल भत्काउने निर्णय गरेको थियो ।  उक्त निर्णयविरुद्ध बोर्ड अदालत गएको थियो । अदालतले समेत उक्त संरचना मापदण्ड बिपरित रहेको ठहर गरेपछि महानगरले डोजर लगाएर पर्खाल भत्काएको ललितपुर महानगरका नगरप्रमुख सीताराम हाछेथुले जानकारी दिए।

पर्खाल भत्काएसँगै उक्त स्थानमा सर्वसाधारणका लागि आवतजावत गर्न सडक खुल्ला हुने नगरप्रमुख हाछेथुले बताए।

प्रतिक्रिया