February 26, 2025, 12:14 am
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

सात बुँदे सहमतिअनुसार सरकारले काम गरेन : शेखर कोइराला

कार्तिक २५, २०८१ मा प्रकाशित | ३५०दर्शक तीव्रखबर

काठमाडौं : नेपाली काग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। शनिबार कांग्रेस त्रियुगाले उदयपुरमा आयोजना गरेको विपी कोइरालाको शालीक अनावरण तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सात बुँदे सहमतिमा निर्माण भएको वर्तमान सरकारले सहमतिअनुसार कुनै काम नगरेको बताए।

नेता कोइरालाले वर्तमान सरकार संविधान संशोधन लगायतका महत्वपूर्ण काम गर्ने गरी कांग्रेससँगको ७ बुँदे सहमतिमा निर्माण भएको बताउँदै सरकारले संविधान संशोधनको कार्य सुरु नगरेकामा आपत्ति जनाए। संविधान संशोधन गर्न वर्तमान सरकारले अन्य दलसँग पनि सहकार्य सुरु गर्नुपर्ने उनले बताए। कोइरालाले सात बुँदे सहमति कार्यान्वनको अवस्थाबारे अब प्रश्न उठाउनुपर्ने बेला आएकोसमेत बताए।

त्रियुगा नगरपालिका वडा नं ११ स्थित मदनभण्डारी राजमार्गको बीचमा निर्माण गरिएको शालीकको अनावरण गर्दै नेता कोइरालाले विपी कोइरालाको विचारलाई अनुसरण गर्ने हो भने सरकारले गरेका असल कार्यको प्रचार र खराब कार्यको विरोध गर्न सक्नुपर्ने पनि बताए।

प्रतिक्रिया