December 26, 2024, 12:31 pm
» एनसेलको सेयर खरिद-बिक्रीविरुद्धको रिट सर्वोच्चले गरिदियो खारेज » नेपालले जलवायु न्याय र क्षतिपूर्तिको आवाजलाई सशक्त रूपमा उठाउनुपर्छ : परराष्ट्रमन्त्री » रास्वपाको सुदूरपश्चिम जिल्ला भेला सम्पन्न » गैँडाको खागसहित एक जना पक्राउ » धान झुल्ने खेतमा कागती पहेँलै, वार्षिक पाँच लाख आम्दानी

भेनेजुयला भ्रमण सम्पन्न गरी माधव नेपाल स्वदेश फिर्ता

कार्तिक २४, २०८१ मा प्रकाशित | ७४०दर्शक तीव्रखबर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भेनेजुयलाको भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् ।

भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको यही कात्तिक १९ र २० गते आयोजित सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधनसमेत गरेका थिए । उनलाई स्वागत गर्न पार्टी नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले सम्मेलनमा सहभागी प्रतिनिधिसँग अनुभव आदानप्रदान गर्नेबारे छलफल गरिएकाले भ्रमण फलदायी रहेको बताए ।

उनले सम्मेलनमा त्यहाँका शीर्षनेताहरूसँग बहुपक्षीय सहयोग आर्थिक, राजनीतिक तथा सामाजिक विकासमा सहकार्य गर्ने विषयमा जोड दिइएको बताए ।अध्यक्ष नेपाल यही कात्तिक १७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया