February 25, 2025, 4:47 am
» प्रधानमन्त्री ओलीको प्रकृतिका आमाबाबुसँग कुराकानी » भारतमा तीन किशोरीमाथि १८ नाबालिगद्दारा सामुहिक बलात्कार » अमिर खानको एक फिल्म, जो स्विटजरल्याण्डमा ८ महिनासम्म हाउसफूल चल्यो » ट्रम्पलाई भेटेपछि म्याक्रोनले भने- शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन » खजुर बेचेरै साउदीले कमाउँछ १ अर्ब २८ करोड बढी रियाल

गौतमबुद्ध विमानस्थलमा अवरतण गर्‍यो जजिरा एयरवेज

कार्तिक २४, २०८१ मा प्रकाशित | ८८०दर्शक तीव्रखबर

काठमाडौं ।कुवेतको जजिरा एयरवेज भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको छ । शनिवार बिहान ७ बजेर ४० मिनेटमा जहाज विमानस्थलमा अवतरण गरेको हो ।

दुई वर्षअघि यो विमानस्थल उद्घाटनसँगै जजिराले भैरहवाबाट उडान सुरु गरेको थियो । तर, १० महिना उडान भरेपछि प्राविधिक कारण देखाएर जजिराले उडान स्थगित गरेको थियो । भैहरवा–कुवेत उडान गर्ने जजिराले शनिबारबाट फेरि सेवा दिन थालेको हो ।

जजिराले मंगलबार, बिहीबार र शनिबार भैरहवा–कुवेत उडान भर्नेछ । विमानस्थलका अनुसार जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा अवतरण गरेको छ भने ८ बजेर ३० मिनेटमा कुवेतका लागि उडान भरेको छ ।

प्रतिक्रिया