February 25, 2025, 4:26 am
» खजुर बेचेरै साउदीले कमाउँछ १ अर्ब २८ करोड बढी रियाल » माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा » प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा » प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ?

ब्रेक फेल भएर ट्रक दुर्घटना, एक जनाको मृत्यु

कार्तिक २३, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

काठमाडौं – पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका-६ ढकाल गाउँमा आज दिउँसो ना४खा ७१२३ नम्बरको ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा जिल्लाको हिलिहाङ-३ का ५७ वर्षीय भवानीशङ्कर पौडेलको मृत्यु भएको हो ।

दुर्घटनामा ट्रक चालक इलामको सूर्योदय नगरपालिका-१२ का तेजबहादुर दास र ट्रक धनी झापाको बिर्तामोड नगरपालिका-१ चारपानेका राजकुमार बस्नेत घाइते भएका छन् ।घाइतेलाई थप उपचारका लागि झापा पाठइएको छ । ब्रेक फेल भई ट्रक करिब ५० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विनालाल साह तेलीले जानकारी दिए । ट्रक काठका गोलिया लिएर फिदिम जाँदै गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया