February 24, 2025, 6:22 am
» पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता

इजरायली सैनिक शिविरमा २४ घण्टामा दोस्रो पटक आक्रमण गरेको हिजबुल्लाहको दावी

कार्तिक २३, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

बेरुत,लेबनान,  : हिजबुल्लाहले इजरायली सहर हाइफा नजिकैको नौसैनिक अड्डालाई लक्षित गरी २४ घण्टाभन्दा कम समयमा दोस्रो पटक आक्रमण  गरेको  दावी गरेको छ।

इरान समर्थित उक्त लेबनानी समूहले इजरायलले गरेको आक्रमण र नरसंहारको जवाफमा हाइफाको उत्तरपश्चिममा रहेको ‘स्टेला मारिस’ नौसेना अड्डालाई लक्षित गरी छोटो समयमा दुई आक्रमण गरेको जनाएको छ ।

बयानमा, हिजबुल्लाहले  हाइफाको दक्षिणपूर्वमा रहेको रामत डेभिड एयरबेसलाई पनि मिसाइलले निशाना बनाएको दाबी गरेको छ ।

इजरायल लेबनानको हिजबुल्लाहसँग सेप्टेम्बरको अन्त्यदेखि कडा युद्धमा उत्रिदै गाजा पट्टीमा हमाससँगको लडँइमा उत्तरी सीमा सुरक्षित गर्नमा तल्लिन छ । इजरायलले उक्त क्षेत्रमा हवाई आक्रमणलाई बढाउँदै देशको दक्षिणमा सेना तैनाथ गरेको छ ।

गाजामा इजरायलसँग लडिरहेका हमास प्यालेस्टिनी लडाकुहरूको समर्थनमा काम गरिरहेका हिजबुल्लाहसँगको सीमापार द्वन्द्व सुरु भएको एक वर्षपछि इजरायलले आफ्नो उत्तरी क्षेत्रलाई सुरक्षा दिन थालेको हो ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सेप्टेम्बर २३ देखि लेबनानमा भएको युद्धमा दुई हजार ६०० भन्दा बढीको मृत्यु भइसकेको छ  ।

प्रतिक्रिया