December 26, 2024, 12:05 pm
» एनसेलको सेयर खरिद-बिक्रीविरुद्धको रिट सर्वोच्चले गरिदियो खारेज » नेपालले जलवायु न्याय र क्षतिपूर्तिको आवाजलाई सशक्त रूपमा उठाउनुपर्छ : परराष्ट्रमन्त्री » रास्वपाको सुदूरपश्चिम जिल्ला भेला सम्पन्न » गैँडाको खागसहित एक जना पक्राउ » धान झुल्ने खेतमा कागती पहेँलै, वार्षिक पाँच लाख आम्दानी

गृहमन्त्री लेखकमा कमाण्ड र कन्ट्रोलको अभाव

कार्तिक २३, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

काठमाडौं,  । गृहमन्त्री रमेश लेखक नेपाली काँग्रेसका अनुभवी, परिपक्व र क्षमतावान् नेता हुन् ।

कानूनका जानकार समेत रहेका मन्त्री लेखक भलाद्मी पनि छन् ।

उनमा कमाण्ड र कन्ट्रोलको अभावले गर्दा काँग्रेसभित्रै आलोचित बन्न थालेका छन् ।

विपत व्यवस्थापनमा गृहमन्त्री लेखकको प्रभावकारी भूमिका नदेखिएको जानकारहरुले बताएका छन् ।

नियमितजसो सिडीओ र प्रहरी प्रमुख (एसपी) हरुको सरुवा गरेर आफ्नो कमजोरी लुकाउन खोजेको आरोप गृहमन्त्री लेखकमाथि लागेको छ ।

गृहमन्त्रालयमा परिणाम देखाउन नसक्ने वामपन्थी सहसचिवहरु राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेल र राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक (सिडिओ) अनिल पोख्रेललाई माया गर्दा प्रजातन्त्रमा आस्था राख्ने सहसचिवहरुले आफ्नो क्षमता देखाउन नपाएको चर्चा चलेको छ ।

सिईओ पोख्रेल निकट भविष्यमै ४–५ महिनापछि अवकाश हुँदैछन् भने महानिर्देशक कट्टेल क्षमता नभएका गृहका सहसचिव भित्र पर्ने समाचार श्रोतले बताएको छ

यता, गृहको कुनै अनुभवै नभएका र भूमि व्यवस्थापन गरिव निवारण तथा सहकारी मन्त्रालयको सचिव हुँदा खरिदार, सुब्बाको सरुवामा आँखा लगाई १–२ हजारमा पनि ¥याल चुहाउने गोकर्णमणि दुवाडी गृहसचिव बनेपछि सुशासनमा भ्वाङ् परेको समाचार श्रोतले बताएको छ ।

सचिव दुवाडीलाई बुढानीलकण्ठको आशिर्वादले गृहमन्त्रालयमा छिराएपछि गृहमन्त्री लेखक नतमस्तक बनी सहकार्य गर्न बाध्य भएका नयाँ विमर्शमा खबर छ  ।

गृहमन्त्रालयको आकर्षक मानिने कार्यालयहरुमा सचिव दुवाडीले चलखेल गर्ने भएकाले गृहमन्त्री लेखकलाई त्यस्को बाछिटाले असफल बनाउने चर्चा चलेको छ ।

जिल्लाको सिडिओ र एसपी एवं एसएसपीहरुबाट सचिव दुवाडीले काँचुली फर्ने समाचार श्रोतले बताएको छ ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासन भित्रको राजनीतिक हस्तक्षेपले गृहमन्त्रालय कमजोर बनिरहेको अवस्थामा गृहमन्त्री लेखकले विभिन्न काण्डमा मुछिएका व्यक्तिहरुलाई अनुसन्धान गरी कानूनको कठघरामा उभ्याई कडा सजाए दिनुको सट्टा मुद्दा नचलाउने र उन्मुक्ति दिने गर्दा गृहमन्त्रीको कमाण्ड थला परेको र काँग्रेसभित्रै असन्तुष्टि बढेको समाचार श्रोतले बताएको छ ।

प्रतिक्रिया