February 25, 2025, 4:33 am
» ट्रम्पलाई भेटेपछि म्याक्रोनले भने- शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन » खजुर बेचेरै साउदीले कमाउँछ १ अर्ब २८ करोड बढी रियाल » माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा » प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा

सुर्खेत बस दुर्घटनामा चारको मृत्यु, १३ घाइते, यकिन विवरण आउँदै

कार्तिक २३, २०८१ मा प्रकाशित | ८२०दर्शक तीव्रखबर

वीरेन्द्रनगर । दैलेखबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी रानीमत्तामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।देउती नागरिकको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी आज दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

प्रहरीले दुर्घटनामा परेका यात्रुहरूको उद्धार गरिरहेको छ । मृत्यु हुनेहरूको सनाखत भइसकेको छैन । १३ जना घाइतेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल वीरेन्द्रनगर ल्याइएको छ ।सो गाडी सडकभन्दा झण्डै दुई सय मिटर भिरमा खसेकाले यकिन विवरण संकलन गर्न नसकिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार १३ जना घाइतेको उद्दार गरी गुराँस गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली प्रदेश अस्तालत सुर्खेत पठाएको छ । गाडीमा ३० देखि ३५ जना यात्रु रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया