February 26, 2025, 12:17 am
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

महानगरपालिका भित्रका सम्पदाहरुलाई विकासको नाममा विनास गर्न हुँदैन : मेयर महर्जन

कार्तिक २३, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको निम्ति (बीईईएन) परियोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

शुक्रबार बसेको नेपालमा बिल्डिङ इनर्जी इफिसिएन्सी (बीईईएन) परियोजनाको विस्तृत बैठकलाई सम्बोधन गर्दै उनले महानगरपालिकाको निम्ति बीईईएनको बैठकले कार्यदिशा निर्धारण हुने गरी टेक्निकल पेपरको तयारी गनुपर्ने बताएका हुन् ।

उनले भने, ‘ललितपुर महानगरपालिकाको निम्ति  बीईईएन परियोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने छ । आजको यो वर्कशपबाट निश्चित तवरले ललितपुर महानगरपालिकाको निम्ति र यो क्षेत्रको लागि प्रस्ट हुने गरी एउटा कार्यदिशा निर्धारण हुने गरी एउटा टेक्नीकल पेपरको तयारी होस् । हामीले त्यो पेपरलाई विधिपूर्वक कार्यान्वयन गर्ने छौँ ।

’साथै, उनले कुनै पनि काम गर्दा बटम लाइन निष्कर्ष निकाल्नुपर्ने बताए । उनले   महानगरपालिका भित्र रहेका सम्पदाहरूलाई विकासको नाममा विनास गर्न नहुने बताए ।

प्रतिक्रिया