February 23, 2025, 2:54 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

शिक्षकलाई मासिक २ हजार खाजा भत्ता दिन एमाले सांसदको प्रस्ताव

साउन २, २०८१ मा प्रकाशित | १७४०दर्शक तीव्रखबर

काठमाडौं । नेकपा एमालेकी सांसद प्रतीक्षा तिवारीले शिक्षकहरुलाई मासिक दुई हजार रुपैयाँ खाजा भत्ता दिन प्रस्ताव गरेकी छन् ।

बुधबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले शिक्षकको मनोबल बढाउन खाजा भत्ताको व्यवस्था गर्नु उचित हुने धारणा राखिन् ।

विद्यालय शिक्षा विधेयकमाथि छलफलका लागि बसेको समिति बैठकमा उनले भनिन्, ‘शिक्षकलाई मासिक दुई हजार खाजा भत्ता दिन सकिए राम्रो हुन्छ ।’

उनले विगतमा शिक्षकहरुसँग भएको सहमति समेट्ने गरी विद्यालय शिक्षा विधेयक पास गर्नुपर्ने पनि बताइन् ।

प्रतिक्रिया