February 24, 2025, 6:21 am
» पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता

म पुटिनसँग वार्ता गर्न तयार छु : ट्रम्प

कार्तिक २३, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

वासिङटन डिसी : अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । ‘मलाई लाग्छ हामी वार्ता गर्नेछौं।’, उनले भने।

डोनाल्ड ट्रम्पले आफ्नो कुराकानीमा पुटिनसँग अहिलेसम्म वार्ता नगरेको बताएका छन्। उनले दुईपक्षबीच बातचित हुने सम्भावना रहेको भने बताएका छन्।

ट्रम्पले अहिलेसम्म भ्लादिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहु लगायत विश्वभरका ७० नेताहरूसँग कुरा गरिसकेका छन्।

ट्रम्पले आफू र बाइडेनबीच चाँडै नै सँगै डिनर गर्ने सहमति भएको पनि बताए।

सन् २०१६ मा पनि राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको अभियानलाई बढावा दिन रुसी हस्तक्षेप भएको आरोप लागेको थियो । तर रुसले भने ती आरोप अस्वीकार गरेको छ ।

अमेरिकी विशेष सल्लाहकार रोबर्ट मुलरले २०१६ मा ट्रम्पको अभियानमा रुसको साँठगाँठको आरोपको अनुसन्धान गरेका थिए। त्यसको तीन वर्ष पछि एक रिपोर्टमा उनले षड्यन्त्रको कुनै प्रमाण फेला नपरेको बताएका थिए। बीबीसी

प्रतिक्रिया