December 27, 2024, 1:19 am
» स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ » सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री » तापक्रममा एक्कासी आएको गिरावटका कारण गाजामा तीन शिशुको मृत्यु » जनयुद्धलाई अपमानित गर्ने काम भइरहेको छ : विप्लव » शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपातको सम्भावना

दिपक मनाङे मोबाइल अफ गरेर सम्पर्क बिहिन

कार्तिक २२, २०८१ मा प्रकाशित | १५७०दर्शक तीव्रखबर

गण्डकी प्रदेश सभाका सांसद राजिब गुरूङ ‘दीपक मनाङे’ सम्पर्कबिहीन भएका छन्। सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर गरेदेखि उनी सम्पर्कमा छैनन्।उनका स्वकीय सचिव सन्तोष अधिकारीले पनि फैसला आएको दिन मंगलबार काठमाडौंमै रहेको जानकारी गराएका थिए। तर त्यसदिनपछि भने कुराकानी नभएको जानकारी दिए।

मनाङेको मोबाइल पनि अहिले अफ गरिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत)को फैसलालाई सदर गर्दै मनाङेलाई चक्रे मिलन भनिने मिलन गुरूङको हात छिनालिने गरी तरबारले आक्रमण गरेको घटनामा दोषी ठहर गरेको हो।

दोषी ठहर गरेपनि मंगलबार नै सर्वोच्च अदालतले संक्षिप्त फैसला तयार भने गरेको थिएन। फैसला संक्षिप्तमा आउने हो वा पूर्णपाठ नै आउने हो भन्ने अझै यकिन भइसकेको छैन। प्रहरीले पनि सर्वोच्च अदालतको फैसलालाई कुरिरहेको प्रहरी प्रधान कार्यालयका प्रवक्‍ता एवं डिआइजी दानबहादुर कार्कीले जानकारी दिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंसहित विभिन्न निकायको प्रहरीले उनको खोजी भने थालिसकेको प्रहरी स्रोतले जानकारी दियो। मनाङले चलाउँदै आएका सबै नम्बर अफ गरेर बसेको भएपनि प्रहरीले उनलाई ‘लोकेट’ गर्ने प्रयास गरिरहेको स्रोतको भनाइ छ।

प्रतिक्रिया