February 26, 2025, 12:33 am
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

देउवाले गरे छठी माताको पूजा

कार्तिक २२, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

पाटन (ललितपुर)- नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले छठी माताको पूजा अर्चना गरेका छन् । आज साँझ थापाथलीस्थित बागमती किनारमा निर्माण गरिएको पूजा स्थलमा पुगेर उनले छठी माताको पूजा गरेका हुन् ।

सभापति देउवाले सो स्थानमा राखिएको छठी माताको प्रतिमामा माल्यार्पण गर्नुका साथै नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।  सभापति देउवालाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र छठ पूजा समिति थापाथली (हाल कुपण्डोल) का संयोजक सतीशकुमार झाले स्वागत गरेका थिए। छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा गरिन्छ ।

संयोजक झाका अनुसार नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसाल, नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्कालगायत विशिष्ट व्यक्तित्वसमेत कुपोण्डोल घाट पुगेर छठ पूजामा सहभागी भएका थिए।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दान गरेमा मनले चिताएको पूरा हुने सूर्य पुराणलगायत धार्मिक ग्रन्थमा उल्लेख छ ।

प्रतिक्रिया