February 25, 2025, 4:23 am
» खजुर बेचेरै साउदीले कमाउँछ १ अर्ब २८ करोड बढी रियाल » माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा » प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा » प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ?

करेन्ट लागेर नेपाली सेनाका लेसनायकको मृत्यु, दुई सैनिक घाइते

कार्तिक २२, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

बागमती : मकवानपुरमा करेन्ट लागेर नेपाली सेनाका लेसनायकको मृत्यु भएको छ। भीमफेदी गाउँपालिका-८ दोभानस्थित नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत २९ वर्षीय पदमबहादुर दियालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।

क्याम्पभित्र कार्यरत रहेका बेला सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन बिजुलीको तारमा पाइपले छुँदा करेन्ट लागेर डँडेलधुराको गन्याधुरा गाउँपालिका-१ निवासी दियालको मृत्यु भएको हो।  करेन्ट लागेर डँडेलधुराका लेसनायक विनोद केसी र पाल्पाका सिपाही युवराज कुमाल घाइते भएको अर्यालले बताए।

घाइते दुवै जनालाई उपचारका लागि हेलिकप्टरमार्फत आर्मी अस्पताल छाउनी काठमाडौं ल्याइएको छ। मृतकको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा लगिएको छ।

प्रतिक्रिया