February 26, 2025, 12:22 am
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

कांग्रेसले टुंग्यायो ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवार

कार्तिक २२, २०८१ मा प्रकाशित | ७९०दर्शक तीव्रखबर

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकामा हुने उपनिर्वाचनमा नेपाली काँग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने भएको छ ।

काँग्रेसको मोरङको संसदीय समिति बैठकले नेपाली काँग्रेसका पूर्वमहासमिति सदस्य सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आज बसेको बैठकले सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको मोरङका काँग्रेसले जनाएको छ । गाउँपालिका अध्यक्षको लागि काँग्रेसबाट १७ जना आकांक्षी रहेको भए पनि सरदारलाई उम्मेदवार बनाइएको बताइएको छ ।

२०७९ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा निर्वाचित भएका जयप्रकाश गच्छदारको हृदयाघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया