December 27, 2024, 2:08 am
» स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ » सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री » तापक्रममा एक्कासी आएको गिरावटका कारण गाजामा तीन शिशुको मृत्यु » जनयुद्धलाई अपमानित गर्ने काम भइरहेको छ : विप्लव » शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपातको सम्भावना

समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिलोस्’ : अध्यक्ष दाहाल

कार्तिक २२, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौँ, :  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छठ पर्वबाट समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना  गर्नुभएको छ ।

अध्यक्ष दाहालले आज जारी गर्नुभएको शुभकामना सन्देशमा तराई-मधेसमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराईबासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा भनिएको छ, “छठ पर्वले चुनौतीहरूलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको सञ्चार गर्न, राष्ट्रलाई एकताबद्ध तुल्याउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको बाटोमा अघि बढ्न हामी सबैलाई प्रेरणा मिल्ने विश्वासका साथ सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

“छठपर्व प्रकृति र मानवबीच व्यावहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा स्थापित छ”, सन्देशमा भनिएको छ, “यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनोपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्वपूर्ण भूमिका खेल्दछ ।”

 

प्रतिक्रिया