January 22, 2025, 9:58 am
» चितवनमा गैंडाको आक्रमणबाट मृत्यु » प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने : नेता थापा » बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द

जेठोबुढो धानमा गभारो : भित्र्याउने बेला न धान, न पराल

कार्तिक २२, २०८१ मा प्रकाशित | ८३०दर्शक तीव्रखबर

गण्डकी- जेठोबुढो धानको पकेट क्षेत्रका रुपमा परिचित पोखराको फेवाफाँटका किसान धानबालीमा गभारो लागेपछि चिन्तित भएका छन् ।

गभारोका कारण एक हजार रोपनी क्षेत्रफलमा लगाइएको जेठोबुढो धानखेती खेर गएको छ । यस्तै, पराल पनि उपयोग नहुने स्थानीय किसान देविललाल लामिछानेले दुखेसो गरे । रोगबारे अनभिज्ञ रहेको उनको भनाइ छ । उनले भने, ‘यसअघि यस्तो देखिएको थाहा छैन ।’

यसैबीच, पोखरा महानगरपालिका कृषि महाशाखाको एक टोलीले फेवाफाँट पुगेर बाली निरीक्षण गरेको छ ।

‘फेवाफाँटमा गभारोको प्रकोप रहेछ ।समयमा नै जानकारी पाएको भए क्षति घटाउन सकिन्थ्यो अब ढिलो भइसक्यो’, महाशाखा प्रमुख मनोहर कडरियाले भने । साथै उनले पीडित किसानलाई कृषि सम्बद्ध संस्थाहरूबाट सहयोग हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया